जनता टाइम्स

३० बैशाख २०८१, आईतवार १५:२३

सभामुखले बोलाएको बैठक शुरु


काठमाडौं, ३० बैशाख । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बोलाएको बैठक शुरु भएको छ । बैठकमा कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरु सहभागी रहनुभएको छ ।

सभामुख घिमिरेले सिंहदरवारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाउनुभएको हो । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते अपरान्ह् नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ ।