काठमाडौं, १ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले दुवै संसदको संयुक्त अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम वाचन सुरु गर्नुभएको छ । आजको बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसले कुनै अवरोध गरेको छैन ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको पुस्तिका हस्तान्तरण गर्नुभएको थियो ।
यसअघि संसद बैठकहरु अवरुद्ध गर्दै आएको कांग्रेसले आज नीति–तथा कार्यक्रम वाचन गर्न राष्ट्रपतिलाई कुनै अवरोध गरेन । कांग्रेस सांसदहरु शान्त भएर सुनिरहनु भएको छ ।
यसअघि कांग्रेसले राष्ट्रपतिको मर्यादा र संसदीय पद्धतीको मर्यादाका लागि संसद अवरोध नगर्ने बताएको थियो ।
प्रतिक्रिया दिनुहोस्