जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार १८:०५

बामदेव गौतमलाई प्रधानमन्त्री ओलीको अर्काे सप्राइज


ललितपुर, असोज १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई सप्राइज दिनुभएको छ । सैंबुमा निर्माण गर्न लागिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास भवनको उदघाटन गर्न पुग्नुभएका प्रधानमन्त्री ओली बिनाजानकारी भैसिपार्टी आवास क्षेत्रस्थित गौतम निवासमा पुगेर सरप्राइज दिनुभएको हो ।

कार्यक्रम सकेर फर्कने क्रममा प्रधानमन्त्री ओलीले ‘वामदेव कमरेडको बाटो काटेर कसरी जानु ?’ भन्दै निवासमा पुग्नुभएको हो । प्रधानमन्त्री ओलीलाई एक्कासी आफ्नो निवासमा देखेपछि उपाध्यक्ष गौतमले फोन पनि नगरी आउनु भाको भन्दै खुसी ब्यक्त गर्नुभयो । अनि भन्नुभयो, ‘तपाईको सरप्राइज दिने आद्धत कहिल्यै नजाने भयो ।’

प्रधानमन्त्री ओली केहीबेर गौतम निवासमा बसेर उहाँको निवास अगाडि नै तस्विर समेत खिच्नुभयो । त्यो दृष्य देखेपछि वरपरका नागरिकले दोस्ती होस त यस्तो, मित्रता होस त ओली बामदेव जस्तो भन्दै प्रसंशा गरेका थिए ।