जनता टाइम्स

१ जेष्ठ २०८१, मंगलवार १६:३६

कोशीमा सांसद निर्मला लिम्बूको अशोक राईको पक्षमा सनाखत


विराटनगर, १ जेठ । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गर्नुभएको छ । लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गर्नुभएको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ । निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हो । योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ ।