काठमाडौं, १ जेठ । सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ । संघीय संसद्को आज बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ ।’
त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन गर्ने व्यवस्था गर्न नीतिगत र कानुनि प्रबन्ध गरिने घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्