काठमाडौं, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै उहाँका समर्थकले उत्सव मनाइरहेका छन् । पञ्चेबाजा बजाउँदै समर्थकहरूले सन्दीपको स्वागत गरेका हुन् । आज फैसला आउने भएसँगै दिउँसोदेखि नै अदालत परिसरमा समर्थकको भीड लागेकोमा उहाँले सफाइ पाएसँगै समर्थकले उत्सव मनाएका हुन् ।
जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्चले उहाँलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएकोमा उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गर्नुभएको थियो ।
हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उहाँलाई निलम्बनमा राखेकोमा उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन पाउने हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्