काठमाडौं, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताउनुभएको छ । उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताउनुभयो ।
‘सुरुदेखि म निर्दोष छु भनिरहें । साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो । अपराधी करार गरिएको थियो । अन्त्यमा यहाँसम्म आइपुगेको छु,’ उहाँले भन्नुभयो । उहाँले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताउनुभयो ।
क्यानको प्रतिबन्ध फुकुवा
नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्