जनता टाइम्स

३ जेष्ठ २०८१, बिहीबार १७:२३

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, बैठक स्थगित


काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गर्नुभएको थियो ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहनुभएको छ । कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक शुक्रबार १ः१५ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।