काठमाडौं, ३ जेठ । डा. गोविन्द केसीले अनसन तोड्नुभएको छ । बैशाख २९ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गर्नुभउको हो ।
पशुपति क्षेत्रमा अनशन सुरु गर्नुभएको केसीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई शिक्षण अस्पताल महाराजगंज लागिएको थियो । त्रिवि शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औं अनसन तोड्नुभएको हो । उहाँले सरकारले आफ्नो अनसन बेवास्ता गरेको भन्दै अनसन तोडेको बताउनुभएको छ ।
केसीले राखेका चार बुँदे माग
१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा। निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गरियोस्।
२. सवै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि–उपचारको व्यवस्था गरियोस्।
३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सवैको समान पहुँच सम्बन्धी ( गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेजरप्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि उच्च शिक्षा ऐन र एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि ऐन तुरुन्त पारित गर्न लगायत सवै सम्झौताहरु कार्यान्वयन गर्न।
४. कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारवाही गर्न माग गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्