जनता टाइम्स

३ जेष्ठ २०८१, बिहीबार १९:४४

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई


काठमाडौं, ३ जेठ । सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संसद्‌लाई आफ्नो दलको केन्द्रीय समिति वा तरुण क्लब नठान्न नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ । बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले कांग्रेसले भनेको मान्नुपर्छ भन्ने कुनै आवश्यकता नरहेको बताउनुभयो । उहाँले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने बताउनुभएको छ ।

‘बोल्न नदिने, जवाफ दिन नदिने हुँदैन । यो कांग्रेसको केन्द्रीय समिति हैन, सदन हो । जनताबाट चुनिएर आएका २७५ जना प्रतिनिधि बस्ने हो । यो नेविसंघ वा तरुण क्लबजस्तो हैन, संसद् हो । मर्यादा हुन्छ । कांग्रेसमात्र छैन यहाँ । हामी पनि छौँ ,’ उहाँले भन्नुभयो । आज प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसकै अवरोधका बीच सभामुख देवराज घिमिरलेले संसद् बैठक अघि बढाएपछि सदनमा मुठभेडको स्थिति सिर्जना भएको थियो। त्यसपश्चात् सभामुखले सदन बैठक स्थगित गर्नुभएको थियो ।