जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार २०:०४

सभामुख महरामाथि लाग्यो यति गम्भीर आरोप


काठमाडौं, असोज १३ । सभामुख कृष्णबहादुर महरामाथि अहिलेसम्मकै सवैभन्दा गम्भीर आरोप लागेको छ । स्वास्थ्य मन्त्रालयबाट काजमा सरुवा भई संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले सभामुखबाट आफू दुब्र्यवहारमा परेको भन्दै सालिन एवं भद्र सभामुख महरामाथि गम्भीर आरोप लगाएकी हुन ।

सभामुख महरामाथि यति गम्भीर आरोप लगाएपनि ती महिलाले प्रहरीमा भने उजुरी दिएकी छैनन । उजुरी लिएर नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी नदिएकी हुन । ती महिला कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य व्यवहार गरेको आरोप लगाएकी छन । सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको भन्दै उनले आइतवार साँझ भने आफू सभामुख महराको दुव्र्यवहारको शिकार भएको जिकिर गरेकी छन ।

दुब्र्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको जिकिर पनि उनले गरेकी छन । प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको उनको दावी छ । सभामुख महरामाथि यति गम्भीर आरोप लगाउने ती महिला स्वास्थ्य मन्त्रालयबाट संसद सचिवालयमा काजमा पुगेकी कर्मचारी हुन । उनी स्वास्थ्य सेवा अन्तर्गत सेवारह रहेकी छन ।

यता सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको बताउनु भउको छ । समायोजनमा परेपछि ती कर्मचारीले आफूमाथि रीस पोखेको सभामुख महराले बताउनु भयो ।