जनता टाइम्स

४ जेष्ठ २०८१, शुक्रबार ०२:४२

प्रहरीले गोली हानेर समात्यो लागूऔषध कारोवारी


सुनसरी, जेठ ४ । सुनसरीमा गोली प्रहार गरी प्रहरीले अबैध लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले बिहीबार साँझ रामधुनी नगरपालिका ६ इचौलमा गोली प्रहार गरेर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका ५ का श्यामसुन्दर खान मण्डल र इटहरी नगरपालिका ५ का श्यामप्रसालद निरौला छन् । प्रहरीको गोली लागेर श्यामसुन्दर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुसँग लागूऔषध रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली हानेर घाइते बनाई पक्राउ गरिएको हो । आक्रामणको प्रतिकारमा गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २१०‍.७ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद भएको जानकारी पनि प्रहरीले दिएको छ ।