जनता टाइम्स

६ जेष्ठ २०८१, आईतवार १७:१९

प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट


काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन सर्वोच्च अदालत पुग्नुभएको छ ।

यादवले आजै सर्वोच्च अदालतमा प्रधानमन्त्रीले जेठ ७ गते लिने भनेको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन माग गर्नुभएको हो ।

जसपा, नेपालको विभाजनको अन्तिम फैसला भने अदालतले यही जेठ ८ गते दिने भएको छ । उहाँले सर्वोच्चको सो फैसला नआउन्जेल विश्वासको मत लिने प्रक्रिया रोक्न माग गर्नुभएको छ ।