जनता टाइम्स

६ जेष्ठ २०८१, आईतवार १७:३१

कार्यदलको बैठकमा जुटेन सहमति


काठमाडौं, ६ जेठ । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।

सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताउनुभयो । परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिनुभयो ।

त्यस्तै रास्वपाका सांसद शिशिर खनालले सबै आ–आफ्नो अडानमा रहेको बताउँदै समिति बनाउदा व्यक्तिको नाम राखेर छानबिन गर्नु न्यायसंगत नहुने आफुहरुले धारणा राखेको बताउनुभयो ।