काठमाडौं, ७ जेठ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्षले बैठक स्थगित गर्नुभएको हो । कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १ः१५ बजे बस्ने गरि स्थगित गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्