जनता टाइम्स

७ जेष्ठ २०८१, सोमबार १४:१३

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी


काठमाडौं, ७ जेठ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिपक्षीले विरोध गरिहेको बेला संसद संचालन गरेको भन्दै उहाँले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । साथै उहाँले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था कसरी बन्यो भन्दै अस्थिरताको कारक बनेको आरोप लगाउनुभएको छ ।