काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत रहेको टिप्पणी गर्नुभएको छ ।
नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा पार्टीले यस्तो निश्कर्ष निकालेको लेखकले बताउनुभएको छ ।
उहाँले भन्नुभयो,‘हाम्रो संसदीय दलको बैठकले सरकार सहकारीका केही ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ ।’ यस्तै, बैठकले सभामुख देवराज घिमिरेको भूमकापनि संसदीय मूल्य र मान्यताविपरित भएको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्