जनता टाइम्स

७ जेष्ठ २०८१, सोमबार १८:०१

कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ : गृहमन्त्री लामिछाने


काठमाडौं, ७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले मिडियामा आएका समाचार संसदमा पढेर सुनाएको उल्लेख गर्दै आफुले कसैलाई आरोप नलगाएको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘शैली त मेरो त्यस्तै उस्तै हो । भनेको चाहिँ के भने, १० मैले कसैलाई कुनै आरोप लगाएको छैन । मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरु सदनमा पढी वाची सुनाएको । २० हामीलाई संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति छैन ।’

‘प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ । हामीले हिजो सदनबाटै भनिसकेका छौँ ।  छानबिन समितिको कार्यादेश (टिओआर) रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ । सार चाहिँ यत्ती नै हो,समाचार त के के आयो आयो !!!