जनता टाइम्स

७ जेष्ठ २०८१, सोमबार १८:१०

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सम्झायो – जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभो !


काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जंगलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कांगेसलाई चुनौती दिँदै मुल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको विर्सेको टिप्पणी गर्नुभयो ।

लेखकले संसदमा भएको गतिबिधि संसदीय मुल्य र मान्यता विपरित भएको बताउदै आफुहरु यसको विरुद्ध लड्ने बताउनुभयो । उहाँले कांग्रेसलाई कुनै किसिमको चेतावनी दिन बन्द गर्न सुझाव दिदै लेखकले कांग्रेस कसैसँग डराउने पार्टी नभएको बताउनुभयो ।