जनता टाइम्स

८ जेष्ठ २०८१, मंगलवार १४:३५

संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको योगेशको टिप्पणी


काठमाडौं, ८ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै संसदीय समितिसँग साधन स्रोत पनि नहुने बताउँदै कांग्रेस यो माग गरेर फसेको बताउनुभएको छ ।

उहाँले संसदीय समिति भन्दा न्यायिक समिति माग गरेको भए सहि हुने बताउनुभएको छ । उहाँले गृहमन्त्रीमाथि छानबिन नै नहुँदै दोषी ठहर गर्न नहुँने भन्दै छानबिन शुरु भएपछि सम्बन्धित सबैसँग बयान लिने कार्य हुने बताउनुभयो । उहाँले कांग्रेस एक कदम पछि हटेर संसद अवरोध गर्ने काम बन्द गर्नुपर्ने बताउनुभएको छ ।