काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पैत्रिक सम्पत्ति नै बढेको छ । मंगलवार सार्वजनिक भएको प्रधानमन्त्री दाहालको सम्पत्ति विवरणमा यो तथ्य बाहिर आएको हो ।
बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री दाहालको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर रहेको छ । स्वर्गीय धर्मपत्नी सीता दाहालको नाममा रहेको सो घर र जग्गा पैतृक सम्पत्ति भएको प्रधानमन्त्री दाहालको सम्पत्ति विवरणमा उल्लेख छ ।
दाहालले २०७३ सालमा प्रधामनन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणमा भने केवल एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन रहेको उल्लेख थियो । अहिले प्रधामनन्त्री दाहालले थप १४ कठ्ठा जमिन पनि पैत्रिक सम्पत्तिका रुपमा देखाउनु भएको छ ।
२०७३ मा एक कठ्ठा मात्रै पैत्रिक सम्पत्ति देखाउनु भएका प्रधानमन्त्री दाहालले यसपटक भने पैतृक सम्पत्तिकै रुपमा १५ कठ्ठा जग्गा उल्लेख गर्नुभएको छ । यस्तै भरतपुर महानगरपालिकामा स्वर्गीय सीता दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको बिवरणमा उल्लेख छ । प्रधानमन्त्री दाहालसँग ५ तोला सुन रहेको र यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।
प्रधानमन्त्री दाहालले २०७३ सालमा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाउनु भएको थियो । यसपटक पैत्रिक सम्पत्ति रहेको सुनको मात्रा पनि बढेको छ । यसपटक ५ तोला सुन पनि पैत्रिक सम्पत्ति नै रहेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभएको छ ।
यस्तो थियो २०७३ को सम्पत्ति बिवरण
यस्तै प्रधानमन्त्री दाहालको नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको उहाँले जनाउनु भएको छ । विवरणअनुसार प्रधानमन्त्री दाहालको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन रहेको छैन ।
प्रतिक्रिया दिनुहोस्