काठमाडौँ, ९ जेठ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी र मधेस प्रदेश सहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी पहाडी भुभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।













प्रतिक्रिया दिनुहोस्