जनता टाइम्स

९ जेष्ठ २०८१, बुधबार १९:२५

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार


काठमाडौं, ९ जेठ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिनुभएको छ । उहाँलाई यसअघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

सन्दीप आइसीसी टी–२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहनुभएको थियो । पाटन उच्च अदालतले सफाई दिएपछि क्यानले उहाँलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो ।