जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार १२:३९

सभामुख महरामाथि महिलाको आरोप : पटक–पटक यौन दुब्र्यवहार, आइतवार गरे बलात्कार (बयानसहित)


काठमाडौं, असोज १४ । संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराले आइतवार साँझ रक्सी सेवन गरी आफूलाई बलात्कार गरेको भिडियो बयान सार्वजनिक भएको छ । शाही थरकी ती महिलाले आफ्नै कोठामा आएर रक्सी सेवन गरेपछि सभामुख महराले आफूलाई बलात्कार गरेको बयान दिएकी हुन ।

शाहीका अनुसार सभामुख महराले पटक–पटक आफूसँग सेक्स गर्न चाहेको र त्यो पूरा नभएपछि श्रीमान नभएको मौका छोपेर कोठामा आई बलात्कार गरेको गम्भीर आरोप लगाएकी हुन । ‘उहाँले धेरै चोटी प्रयाश गरेपछिको नतिजा चाँहि आइतवार भयो, उहाँले मलाई रेप गर्नुभयो,’ हाम्रा कुरा अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीसँगको भिडियो सम्वादमा शाहीले भनेकी छन । उनले खाएको बेलामा बलात्कार भएको स्वीकार गर्दै मिडियामा नजान भनेको समेत खुलासा गरेकी छन । अन्तरवार्ताकै क्रममा महराको स्वरको फोन आएको थियो । ‘ हिजो खाएको बेलामा के के भयो ? मिडियामा नबोल्नुस, सामान्य ढंगले लिनुस भने,’ पीडित महिलाको भनाई छ ।

उनका अनुसार महराले तीन बर्ष अघि पनि बलात्कार प्रयाश गरेका थिए । त्यो बेला उनले पार्टीलाई निवेदन लेखेर नै उजुरी दिएको थिइन । ‘२०७३ साल माघ–फागुनतिर दुब्र्यवहार गरेका हुन । यस्तो चाँहि गरेका थिएनन, त्यो घटनामा मैले पार्टीमा उजुरी नै दिएको थिएँ,’ शाहीले भनेकी छन । शाहीका अनुसार त्यसदिन महराले नै दुई पटक फोन गरेर आउँछु भन्दै रक्सी लिएर आएका थिए ।

यस्तो छ शाहीको बयान

साँढे ६ बजे नै आउँछु भनेर फोन गर्नुभयो, मैले मसँग के काम हुन्छ र तपाईको, शाहीजी (आफ्नो श्रीमान) आउनु भयो भने चाँहि आउनोस भने तर आउँछु भन्नु भयो, अचम्म लाग्यो, किन आउन खोजेको होला ? किन यति हतार गरेको होला भन्ने लाग्यो । आउनु भयो । रक्सी लिएर आउनु भएको रहेछ, ल आज दशैं मनाउनु पर्छ, खाउँ भन्नुभयो, मैले सन्चो छैन, खान्न भन्दा खानपर्छ, भन्नुभयो, हुन्छ, दुईटा गिलास लिएर आउँछु भन्दा एउटैमा खाउ भन्नुभयो, मैले एउटैमा जुठो हुन्छ, खानुहुन्न भनेर दुईटा ल्याए, खानुभयो, खाएर पनि आउनु भएको रहेछ, दुई गिलास खानुभयो, त्यसपछि मलाई यही रेप खोज्नुभएको थियो, मैले मान्दै मानिन, त्यसपछि यता आएर रेप गर्नुभयो । यो खुट्टामा लागेको घाउचोट रेप गरेपछि उहाँले कुटपिट गर्दा भयो । रेप पनि गर्नुभयो । कुटपिट पनि गर्नुभयो ।
यसअिघ पनि र्गनुभएको थियो । २०४८ सालदेखि नै हो, उहाँले यस्तो नजर लाको ममाथि । चिनेको चाँही २०४७ सालदेखि नै हो । हामी फेमिलियर रिलेशन जस्तो भइसकेको थियौं तर उहाँको ब्यवहारको कारण बिश्वास चालेको थिएन, तर उहाँबाट यत्तिसम्म (रेप) हुन्छ भन्ने सोचेको थिइन । हिजो (आइतवार) चाँहि जवर्जस्ती नै गर्नुभयो । मैले पुलिस बोलाउँछु भनेपछि ऊ गयो । पुलिस बोलाएँ, आयो पनि । त्यत्तिखेर जस्तो थियो, त्यस्तै थियो ।