काठमाडौं, १० जेठ । सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिनुभएको छ । पर्यटन विभागका अनुसार आज तेस्रो शिविरबाट सगरमाथातर्फ लाग्नुभएको केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिनुभएको हो ।
साथै उहाँसँगै जानुभएको नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्क विहिन बन्नुभएको छ । उहाँहरुले सगरमाथा आरोहण गरे/नगरेको यकिन नभएको बिभागले जनाएको छ ।
आज अपराहन्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिनुभएको थियो । साथै सम्पर्कमा नरहनुभएको शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको बिभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्