जनता टाइम्स

१० जेष्ठ २०८१, बिहीबार १९:२६

संसदको गतिरोध अन्त्यको पहल गर्ने एकीकृत समाजवादीको निर्णय


काठमाडौं, १० जेठ । नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो ।

अहिलेसम्म संसदको गतिरोध अन्त्यबारे बोलाइएका छलफलमा एकीकृत समाजवादीलाई सामेल गराइएको छैन । सचिवालय बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले महाधिवेशन आउँदो असार १६ देखि २० काठमाडौंमा गर्ने तय गरेको छ ।