जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार १३:२०

सभामुख महराको हर्कतले नेकपाको सचिवालयमा छायो सन्नाटा, मुडअफ देखिए सवै नेता (फोटोफिचर)


काठमाडौं, असोज १४ । सोमबार साँझदेखी एउटा समाचार भाइरल बन्यो । प्रकरण थियो, एक महिलाले सभामुख कृष्णबहादुर महरामाथी लगाएको यौन दुव्र्यवहारको आरोप । महराको सचिवालयले तत्कालै त्यसको बचाउ त गरेको थियो । तर त्यसले कुनै असर गरेन ।

महरा नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख पदमा निर्वाचित भएका व्यक्ति हुन् । उनका विषयमा कुरा आएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यसविषयमा कुराकानी भएको थियो । पहिलो कुराकानी मै उहाहरुबीच अब अनुसन्धानमा महराले सहयोग गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नु भएको थियो । आज विहान पनि महराले दुवै अध्यक्षसँग कुराकानी गर्नुभएको थियो । कुराकानीको क्रममा प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले स्पष्ट भाषामा महरालाई सभामुख र सांसद पदबाट राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्न भन्नु भएको थियो ।

त्यसपछि दुई अध्यक्षबीच बालुवाटारमा पुन छलफल भयो । केही उच्च नेतासहित भएको छलफलमा राजिनामा गराउने निर्णय गर्न सचिवालय बैठक बोलाउने भनियो । ११ बजेका लागि बालुवाटारमै सचिवालय बैठक बोलाइयो । जब नेताहरु सचिवालय बैठकमा सहभागी भए उनिहरुमा एक प्रकारको सन्नाटा छाएको तस्विरमा देखिएका नेताको मलिन अनुहारले देखाउछ ।

प्रधानमन्त्री ओलीले यसअघि पनि गल्ती भेटिएमा कसैको पनि अनुहार हेर्दिन भन्नु भएको कुरा बैठकमा समेत उठाउनु भयो । शिर्ष नेताको निर्णय अनुसार नै बैठकले महरालाई राजिनामा गर्न सुझाव दिएको छ । सुझाव अनुसार महराले पदबाट राजिनामा समेत दिनु भएको छ । सभामुख महराले प्रतिनिधि सभा नियमावलीको नियम २११ उपनियम (१) अनुसार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा बुझाउनु भएको हो ।

नेकपाको बैठकमा राजिनामा दिएपछि कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि छलफल भएको छ । संविधान अनुसार सभामुख र उपसभामुख बेग्लाबेग्लै दलबाट हुनुपर्ने प्रावधान रहेको छ । सोही प्रावधानका कारण अब उपसभामुखलाई राजिनामा गराएर उनलाई सभामुखमा उठाउने वा के गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । यद्यपी यसविषयमा पुन छलफल गरेर टुंगोमा पुग्ने नेताहरुले बताएका छन् ।