जनता टाइम्स

११ जेष्ठ २०८१, शुक्रबार १५:४१

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक १३ गतेसम्म स्थगित


काठमाडौं, ११ जेठ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण सभामुखले बैठक स्थगित गर्नुभएको हो । सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने जानकारी दिनुभएको छ ।

आजको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । कांग्रेसको लगातारको विरोधपछि सभामुखले आज नीति तथा कार्यक्रम पारित गर्ने लगायतको कार्यसूची हटाउदै बैठक स्थगित गर्नुभएको हो ।