जनता टाइम्स

११ जेष्ठ २०८१, शुक्रबार १५:५३

ललितपुरमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ


ललितपुर, ११ जेठ । ललितपुर महानगरपालिका–२ सानेपाबाट नेपाली एक हजार दरका ५ थान नक्कली नोटसहित सोही महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी विट सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।