काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई ‘सहकारीबन्धु’ गठबन्धनको संज्ञा नै दिनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले एमाले सहकारीमा साथ दिने र रास्वपा गिरीबन्धुमा साथ दिने गरि ‘सहकारीबन्धु’ गठबन्धन बनेको टिप्पणी गरेका हो । उहाँले भन्नुभयो,‘केपी ओलीले केही दिनअगाडि कांग्रेसलाई अब बोल्न दिइने छैन ।
कांग्रेसले धेरै बकवास गर्यो भन्नु भएको थियो । यो सहकारीबन्धु गठबन्धनको शैली ठिक देखिएन, यहाँ सहकारी प्रकरणमा नेकपा एमालेले साथ दिने र गिरिबन्धु चिया बगानमा रास्वपाले साथ दिने । त्यसैले उहाँहरू सहकारीबन्धु गठबन्धनका रूपमा देखिनुभएको छ ।’ उहाँले आजको बैठकमा सभामुखले प्रतिपक्षलाई बोल्न नदिएको आरोप समेत लगाउनुभयो । उहाँले आज आफु बोल्ने सहमति भएको भएपनि सभामुखले बोल्न नदिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्