जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार १७:५९

महरामाथि बलात्कारको आरोप लगाउने शाहीले गरिन प्रहरीमा जाहेरी दिन र स्वास्थ्य परीक्षण गर्न अस्वीकार


काठमाडौं, असोज १४ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएकी महिलाले जाहेरी र स्वास्थ्य परिक्षण गर्न अस्विकार गरेकी छन् । यद्यपी प्रहरीले उनको कोठामा रहेका शंकास्पद बस्तु नियन्त्रणमा लिएर मुचुल्का उठाएको छ ।

प्रहरीले मंगलबार अपराह्न पीडित महिलाको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चस्मा ल्याएको हो । कोठाको मुचुल्का उठाउन महानगरीय प्रहरी वृत्त बानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृत गएका थिए ।

महिलाले आफ्ना श्रीमान् तनहुँमा रहेको आएपछि सल्लाह गरेर मात्र जाहेरी दिने बताएको प्रहरीको भनाइ छ । किटानी जाहेरीबिना बलात्कार मुद्दाको अनुसन्धान कठिन हुने भन्दै प्रहरीले जाहेरी कुरेको छ । पीडित महिलाको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ।

ती चोटपटकको परीक्षण समयमै हुनुपर्ने प्रहरीको भनाइ छ । बलात्कार मुद्दाको अनुसन्धानमा शारीरिक परीक्षण महत्वपूर्ण मानिन्छ । जति ढिलो भयो परीक्षणको रिपोर्ट कमजोर आउने सम्भावना रहन्छ ।