चेन्नाई, जेठ १४ । कोलकाता नाइट राइडर्सले आइतबार सनराइज हैदरावादलाई आठ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि जितेको छ । पूर्णतः एकपक्षीय फाइनलमा कोलकाता सजिलै विजयी बनेको हो । कोलकाताले आईपीएलको उपाधि जितेको तेस्रो पटक हो ।
उपाधी जित्नका लागि हैदरावादले १० वर्ष लामो समय भने कुर्न पर्यो । कोलकाताले सन् २०१२ र २०१४ मा पनि उपाधि जितेको थियो । उप–विजेतामै सीमित हैदरावाद कोलकातासँग लगातार दोस्रो खेलमा पराजित भएको हो ।
जितका लागि १ सय १४ रनको लक्ष्य पाएको कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । विजयी टिमका लागि वेंकटेश अयरले अर्धशतक पूरा गरे । उसका लागि ओपनर रहमनुल्लाह गुरबाजले ३९ र वेंकटेश अयरले ५२ रन बनाए । उनीहरूले दोस्रो विकेका लागि निर्णायक ९१ रनको साझेदारी पनि गरे । अयरले २६ बलको इनिङ्समा चार चौका र तीन छक्का प्रहार गरे र नटआउट पनि रहे ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभर माक्रै टिक्यो र यसत्रममा अलआउट हुँदै १ सय १२ रन मात्रै बनाउन सक्यो । त्यसमा नवौं क्रममा आएकार कप्तान प्याट कमिन्सले बनाएको २४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यसलाई छाडेर कसैले पनि गतिलो योगदान दिन सकेनन ।
कोलकाताका लागि सबै बलर कसिकसाउ बलिङ गरे । आन्द्रे रसेलले तीन विकेट लिए भने मिचेल स्टार्क र हरसित रानाले दुई दुई विकेट लिए । लिग चरणको समाप्तीमा कोलकाता नै शीर्ष स्थानमा रहेको थियो र उसले पहिलो क्वालिफायरमा दोस्रो स्थानमा रहेको हैदरावादलाई हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्