जनता टाइम्स

१४ जेष्ठ २०८१, सोमबार १८:५८

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


बाँके, १४ जेठ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाँकेको राप्तिसोनारी गाउँपालिका–५ बस्ने ३६ वर्षीय असोक कुमार थारूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

बाँके जिल्ला अदालतको २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक २१ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १५ दिन कैद र १२ लाख ७५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालाय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि बाँके जिल्ला अदालतमा बुझाइएको छ ।