जनता टाइम्स

१५ जेष्ठ २०८१, मंगलवार १५:४४

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा


काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने घोषणा गर्नुभएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गर्नुभएको हो ।

सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताउदै उहाँले समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताउनुभएको छ । साथै उहाँले सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको बताउनुभयो ।