जनता टाइम्स

१५ जेष्ठ २०८१, मंगलवार १८:४०

बजेट अनावश्यक महत्वकांक्षी छैन, कार्यान्वयन हुन्छ : देवेन्द्र पौडेल


काठमाडौं, १५ जेठ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेट अनावश्यक रुपमा महत्वकांक्षी नभएको दाबी गर्नुभएको छ । सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बजेटमा सरकारले गर्नसक्ने कुरा मात्रै समावेश गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यो बजेट महत्वकांक्षी छैन । गर्नसक्ने र गर्ने कार्यान्वयन उन्मुख भएको हुँदा तुलनात्मक रुपमा सन्तुलित छ । यो बजेट कार्यान्वयन हुन्छ । हामीले दुई अंकको आर्थिक वृद्धिदर धेरै पहिलादेखि नै भन्दै आएका थियौं अहिले ६ प्रतिशत मात्रै भनेको छ यो कार्यान्वयन गर्नकै लागि ल्याइएको बजेटको रुपमा बुझेका छौं ।’