जनता टाइम्स

१७ जेष्ठ २०८१, बिहीबार १७:१९

खेलकुदमन्त्री श्रेष्ठले गरे टीयू क्रिकेट मैदानको निरीक्षण


काठमाडौं, १७ जेठ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । सो अवसरमा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले क्रिकेट मैदानमा अब बन्ने नयाँ संरचनाका बारेमा जानकारी लिनुभएको थियो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले टीयू क्रिकेट मैदान हातामा राखेपले बनाएको अधिकांश भौतिक संरचना बारे जानकारी दिनुभयो । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले क्रिकेट मैदान हाताभित्र बन्ने नयाँ संरचनाको प्रारम्भिक ढाँचा बारे प्रकाश पार्नुभएको थियो ।