काठमाडौं, जेठ १८ । विपक्षी गठबन्धनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रचण्ड र ओलीले छलफल गर्नुभएको हो । छलफलपछि बाहिरिने क्रममा एमालेका अध्यक्ष ओलीले समसामयिक परिस्थितिको बारेमा छलफल भएको बताउनु भयो।
अध्यक्ष नेपाल बुधवार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्ष मोर्चाको बैठकमा सहभागी हुनुभएकृो हो । नेपाल विपक्षी मोर्चाको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा असन्तुष्ट बढेको छ। पछिल्लो समय माधव नेपाल दोहोरो रणनीतिका साथ अघि बढेपछि एमालेले सन्तुष्ट छैन।
नेकपा एकीकृत समाजवादीले एमाले–माओवादीसहितको गठबन्धन छाडे पनि अहिले सत्ताको गणितमा फेरबदल हुन सक्ने अवस्था छैन । केही प्रदेश सरकारमा भने माधवको पार्टी निर्णायक छ ।













प्रतिक्रिया दिनुहोस्