जनता टाइम्स

१८ जेष्ठ २०८१, शुक्रबार २१:४२

सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मुल्य घटाएर दियो जनतालाई राहत


काठमाडौं, १८ जेठ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको हो । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।

मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । भारतबाट आएको नयाँ मुल्यसूचीमा मूल्य घटेर आएपछि निगमले मुल्य घटाएको जनाएको छ ।