जनता टाइम्स

२० जेष्ठ २०८१, आईतवार १४:३९

रास्वपाले देश बिगार्यो भनेर पुराना दल पन्छिन मिल्दैन : मनिष झा


काठमाडौं, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरू देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, निजी क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताउनुभयो । उहाँले केही पुराना दलहरुले आफूहरूलाई देश बिगारेउ भनेर पन्छिन खोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला । हामी प्रयासहरु गर्दैछौँ । हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरू पनि होइनौँ । हाम्रो विगत कमजोर पनि थिएन । हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटी टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन । हामीसँग अरु धेरै आधार छ ।’

उहाँले थप्नुभयो,‘केही गर्न आएकै छौँ । केही गर्ने प्रयास गरिरहेका छौँ । सदन खुलेको छ खुशीको कुरा । यति दिन बन्द हुँदै गर्दा चुरे दोहनको कारणले गर्दाखेरी मधेशको पानीको सतह तल गइसकेर मान्छेहरू मध्यरातमा उठेर पानी तान्छन् र चलाउँछन् किनकी दिउँसो पानी आउँदैन । यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो ? डढेलो लाग्दा हामी बोल्न चाहान्थ्यौँ । आज आएर सबै सरोकार सबै चिन्ता देखाउँदै हुनुहुन्छ ?’