विराटनगर, २० जेठ । उपप्राध्यापक डा. मोहन सुवेदी कोशी प्रदेश सरकारको आर्थिक सल्लाहकार नियुक्त हुनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उहाँलाई आज आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको हो । डा. सुवेदी महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक हो । उहाँले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गर्नुभएको छ ।
यसअघि उहाँले प्रदेश सरकारको राजस्व परामर्श समितिमा विज्ञका रूपमा काम गरिसक्नुभएको छ । मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा विक्रम लुइँटेल र जनसम्पर्क सल्लाहकारमा रवि खनाललाई नियुक्त गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्