तम्घास, २१ जेठ । गुल्मीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सत्यवती गाउँपालिका वडानम्बर–८ भार्से निवासी ३२ वर्षीया कमला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
आज बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर–४ ओक्याङस्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो आफैँ अनियन्त्रित भई सडकदेखि ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा आठ जना सवार थिए । घाइते सातमध्ये चारजनाको अवस्था गम्भीर रहेको डिएसपी पोखरेलले बताउनुभयो । घाइते सबैलाई थप उपचारका लागि पाल्पा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्