काठमाडौं, २१ जेठ । लुम्बिनीमा सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सोमबार माओवादी केन्द्रबाट निर्वाचित सांसद कृष्णा केसीलाई मन्त्री नियुक्त गर्नुभएको हो । उहाँलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको छ । योसँगै लुम्बिनी सरकार १२ सदस्यीय बनेको छ । लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्