जनता टाइम्स

२२ जेष्ठ २०८१, मंगलवार १०:५९

उपेन्द्र यादवको रिटको पेसी न्यायाधीशद्धय रेग्मी र श्रेष्ठको इजलासामा


काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको आज सुनुवाई हुँदैछ । उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेशी तोकिएको छ । रिट सुनुवाईका लागि पेशी तोकिएपनि सुनुवाईको सम्भावन भने ज्यादै न्यून छ ।

३१औं नम्बरमा पेशी परेको हुँदा सुनुवाईको सम्भावना ज्यादै न्यून बनेको हो । यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो । निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत जानुभएको हो ।

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उहाँ अर्को पक्षको वैधता खारेजीको माग गर्दै अदालत जानुभएको हो । उहाँ हुन् । उहाँले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराउनुभएको छ । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गर्नुभएको छ ।