काठमाडौं, २२ जेठ । दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १०ः३४ बजे ४.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले क्षतिको विवरण अझैसम्म केहि नआएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।’
प्रतिक्रिया दिनुहोस्