नवलपरासी, २२ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–१२ मा हुरीले ढालेको रुख शिरमा बज्रिँदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा थापाको मृत्यु भएको हो । वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् । थापाको शव परीक्षणका लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्