जनता टाइम्स

२३ जेष्ठ २०८१, बुधबार १८:१२

बजेटमा विश्वसनीयता भएन : गगन थापा


काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गर्नुभएको छ ।

उहाँले जे लेखेपनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले बजेटमा लिइएको लक्ष्य पुरा हुन नसक्ने बताउँदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले बैदेशिक सहायता ५२ अर्ब आउँछ भनेर बजेटमा उल्लेख गरिएको तर गत बर्ष ५० अर्ब आउछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उहाँले ५२ अर्ब कसरी ल्याउनुहुन्छ भन्दै प्रश्न गर्नुभयो ।