जनता टाइम्स

२३ जेष्ठ २०८१, बुधबार २०:०६

कोटेश्वरको आगलागीमा दुई घाइते, कीर्तिपुरमा उपचार हुँदै


काठमाडौं, २३ जेठ । कोटेश्वरमा बुधबार दिउँसो भएको आगलागीमा परेर दुई जना घाइते भएका छन् । कोटेश्वरस्थित एक किराना पसलमा भएको आगलागीमा परी घाइते भएका दुईको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको महानगरीय वृत्त बानेश्वरका प्रहरी सहायक निरीक्षक नरविक्रम थापाले जानकारी दिनुभयो ।

घाइते हुनेमा धनुषा घर भएर कालीमाटी बस्दै आउनुभएको २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ हुनुहुन्छ ।

घाइतेको अवस्था सामान्य रहेको उहाँको भनाइ छ । आगलागीको क्षतिको विवरण भने आइसकेको छैन । आगो दमकल, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयको पहलमा करिब दुई घण्टा पछिमात्र नियन्त्रणमा आएको थियो ।