काठमाडौं, जेठ २४। नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले विश्वकप खेल्न जान क्रिकेटरसन्दीप लामिछानेले अमेरिकाको भिसा नपाएको विषयलाई लिएर सदनमा गम्भीर आपत्ति जनाउनुभएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी दूतावासको हर्कत र भिसा प्रक्रियामा सरकारले कहाँकमजोरी रह्यो भन्दै ध्यानाकर्षण गराउनु भयो ।
‘नेपाली क्रिकेट टिम विश्वकपको मैदानमा छ। हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेरमैदानमा उत्रन हुन्न हामी कयौँले भन्यौँ, तर अदालतले निर्दोष साबित गरिसकेपछि सन्दीप लामिछानेअहिले हाम्रो देशको प्रतिनिधित्व गरेर विश्वकप खेलिरहेको हुनुपर्थ्यो शर्माले भन्नुभयो।
उहाँले अगाडि भन्नुभयो, ‘आफ्नोखेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउनसरकारले उचित पहल समयमै गर्नुपर्थ्यो। यसमा कमजोरी कहाँ रह्यो। किन कमजोरी भयो ? खेलकुद, परराष्ट्र र सरकारलाई यसबारेमा ध्यानाकर्षण गराउँछु।’
प्रतिक्रिया दिनुहोस्