काठमाडौं, जेठ २४ । सरकारले अमेरिका, भारत र बेलायतसहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका बेलायत सहितका मुलुका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस, जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेकाहरू फिर्ताको सूचीमा परेका हुन् । अघिल्लो गठबन्धनका बेलामा राजदूत बनेकाहरूलाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो ।
मन्त्रिपरिषद्ले फिर्ता बोलाएका राजदूतहरूमा भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका रहेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।












प्रतिक्रिया दिनुहोस्