जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार १४:३८

जव प्रचण्डले मागे महरासँग त्यो म्यासेज


काठमाडौं, असोज १४ । सोमबार साँझ सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको समाचार सार्वजनिक भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकल दाहाल, प्रचण्ड सारै ठुलो तनावमा पर्नुभयो । लामो समयदेखि आफूले बिश्वास गरेको शीर्षमध्येका एक नेता महरामाथि नै गम्भीर चारित्रिक पतनको समाचार पढेपछि प्रचण्ड तनावमा पर्नुभएको थियो । ठीक त्यहीबेला महराले फोन गरेर आफू निर्दाेष रहेको जानकारी गराउनु भयो ।

आरोप मात्रै लागेको रहेछ, दोष छैन रहेछ भन्दै मनलाई शान्त पार्ने कोशिष गर्नुभयो । तर जव भिडियो बाहिर आयो, उहाँको मन मानेन । यसबीचमा उहाँले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमै कुराकानी गरिसक्नु भएको थियो । प्रधानमन्त्रीले यथार्थ बुझेपछि मात्रै थप छलफल गर्ने भन्दै तथ्य बुझ्नतिर लाग्ने बताउनु भएको थियो । बालुवाटार स्रोतका अनुसार समाचार सार्वजनिक भएपछि महरासँग प्रधानमन्त्री ओलीले समेत घटनाको यथार्थ बुझ्नु भएको थियो । प्रचण्डले पनि घटनाबारे महरासँग बिस्तृत जानकारी लिनुभएको थियो । दुवै अध्यक्षलाई महराले आफू निर्दाेष रहेको र समायोजनमा नपरेको रिस पोखेको बयान दिनुभयो ।

त्यसबीचमा अनलाइनमा सार्वजनिक भएको समाचारले सिंगो मुलुकलाई तरंगित तुल्याइसकेको थियो । समाचार सोसल मिडियामा मात्र भाइरल भएन, मूलधारको मिडियाका लागि पनि ‘हट केक’ बन्यो त्यो समाचार । लामो समयदेखि महरासँग निकट सम्बन्ध रहेको बताउने रोशनी शाहीले आफ्नै कोठामा आएर महराले आइतवार राती बलात्कार गरेको बयान दिई सो आरोप लगाएपछि सवैतिर गरम मशाला बन्नु स्वभाविक थियो । उनले बलात्कारपछि महराले आफूलाई कुटपीट गरेको समेत बताएकी थिइन ।

खुमलटार स्रोतका अनुसार महराले निर्दाेष भनिरहँदा भिडियोमा आएको कुराले अध्यक्ष प्रचण्ड थप बेचैन बन्नुभयो । ढाँटेको हो कि भन्ने शंका उहाँमा पर्यो । उहाँले करिव आधा दर्जन नेता तथा सल्लाहकारसँग यस बिषयमा परामर्शसमेत गर्नुभयो । जव भिडियोमा प्रचण्डले शाहील्े लगाएको आइतवार राती नै महराको छोरा राहुललाई पठाएको म्यासेजबारे जानकारी पाउनुभयो, राती आफैले महरालाई फोन गरेर त्यो म्यासेज पडाउन भन्नुभयो ।

‘पीडित महिलाले आइतवार राती १० बजे राहुलको मोवाइलमा पठाएको म्यासेज मलाई पठाउनोन, के छ हेर्छु,’ खुमलटार स्रोतका अनुसार प्रचण्डले भन्नुभयो । तर महराले त्यो पठाउन सकेनन । ‘अध्यक्षले राहुललाई पठाएको म्यासेज पठाउनोस भनेपछि महरा सरबाट फोनमा रेस्पोन्स नै भएन, त्यसपछि उहाँ बदमासी भएकै रहेछ भन्ने निश्कर्षमा पुग्नुभयो,’ प्रचण्ड निकट नेकपाका एक नेताले जनताटाइम्ससँग भन्नुभयो । यसबीचमा प्रधानमन्त्री ओली पनि महराले बदमासी गरेको सूचना पाइसक्नु भएको थियो । बलात्कार नगरे पनि कोठामा गएको त पक्का रहेछ भन्ने तथ्य दुवै अध्यक्षले फेला पारेपछि नेकपाले मंगलवार सचिवालय बैठक राखेर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

महराले पार्टी निर्णयअनुसारको भाषा प्रयोग नगरे पनि उपसभामुखलाई राजीनामा दिए । नेकपाले उहाँ साँसद नरहेको समेत बताइसक्यो । यद्यपी सांसद पदबाट महराले राजीनामा दिनुभएको छैन । सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको छ। तर महरा भने तत्कालै सांसद पद त्याग्ने मुडमा देखिएका छैनन्। उनले सभामुख पदबाट राजीनामा दिदाँ समेत लटरपटर भाषा प्रयोग गर्नुभयो ।

कुनै सांसद पद छाड्न चाहे सभामुखलाई राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ। तर सभामुखले राजीनामा स्वीकार नगर्दासम्म पद रहन्छ। संविधान जारी भए लगत्तै बाबुराम भट्टराईले तत्कालिन सभामुख सुवास नेम्वाङलाई राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत भएको थियो। तर संविधानको विरोध गर्दै राजीनामा तत्कालिन सद्भावनाका सांसद लक्ष्मणलाल कर्ण लगायतको राजीनामा सभामुखले स्वीकृत गर्नुभएको थिएन । फलस्वरुप सवै संविधान जारी भैसकेपछि संसदमा फर्किएका थिए।

महराले राजीनामा नदिए उनलाई राजनीतिक दल सम्बन्धी ऐनको दल त्याग सम्बन्धी व्यवस्था मार्फत् हटाउने तयारी नेकपाको छ। ऐनको दफा ३२ मा दलको केन्द्रीय समितिले कुनैपनि सदस्यलाई दलबाट निस्कासन गर्न सक्ने व्यवस्था रहेको छ। यसरी निस्कासन गरेपछि सांसद पद गुम्नेछ।